Sajhamanch Archive

गोरखा दुर्घटनास्थलमा उद्धारका लागि गएका हेलिकप्टर ल्याण्ड हुन सकेनन्

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । गोरखाको सामागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा दुर्घटनामा परेको छ । नुनाकोटको मेघान नामक जङ्गलमा हेलिकप्टर दुर्घटनामा परेको अल्टिच्युड एयरका सञ्चालक सिताराम सापकोटाले बताए ।

उद्धारका लागि चार वटा हेलिकप्टर परिचालन गरिएको छ । श्री एयरलाइन्सका २ र नेपाली सेना र अल्टिच्युडकै १÷१ वटा हेलिकप्टर उद्धारका लागि परिचालन गरिए पनि दुर्घटनास्थल बाक्लो जङ्गल र भिरालो भूमी भएका कारण दुर्घटना भएको स्थान नजिकै हेलिकप्टर ल्याण्ड गर्न नसकेको सापकोटाले बनाए ।उनका अनुसार दुर्घटना स्थलबाट केही टाढा हेलिकप्टर ल्याण्ड गरेर उद्धारकर्मी घटनास्थलतर्फ पैदल गइहरेका छन् । दुर्घटनास्थल ५ हजार ५ सय फिट उचाइमा रहेको बताइको छ ।

निजी हेलिकप्टर कम्पनी अल्टिच्युड एअरको हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको थियो । बिरामीको आफन्तसँगको कुराकानीका आधारमा कल लोकेशनका आधारमा सम्भावित दुर्घटनास्थल पत्ता लगाइएको धादिङको एसपी डम्बर बीकले जानकारी दिए ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले धादिङ र नुवाकोटबाट उद्धारका लागि घटनास्थलतर्फ प्रहरी पठाइसकेको जानकरी दिए ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर बिहानै ८ः२० मा अवतरण भइसक्नुपर्ने थियो । एयर ट्राफिकसँग उक्त हेलिकप्टरको अन्तिम पटक ८ः०५ मा सम्पर्क भएको थियो ।

कल साइन ९एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएर काठमाडौँ ल्याउँदै गरेको थिए । एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस३५०बी३इ सिरिजको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *