दूधे खोला कटान रोकथाम गर्दै शिवसताक्षी नगरपालिका
Published: (Updated: )
by .शिवसताक्षी। शिवसताक्षी नगरपालिका वडा नं. ११ राजमार्ग उत्तर दूधे खोलामा तटबन्ध निर्माण गरिएको छ । वर्षा याममा वर्षेनी आउने भेलले कटान गरी धान खेत खोलामा परिणत गरेपछि सो स्थानमा १ सय ८ मिटर तटबन्ध निर्माण गरिएको हो ।
शिवसताक्षी नगरपालिकाको १३ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ७ गरी १५ लाख ५७ हजारमा उक्त तटबन्ध लागाईएको वडा नं. ११ का अध्यक्ष भैरव कुमार श्रेष्ठले जानकारी दिए । उनले वडामा दूधे, सतासी खोला धेरै क्षति गरेका स्थानमा वडा तथा नगरको योजना बनाई तटबन्ध गर्दै वडा बासीलाई जनधनको सुरक्षा गरिएको जानकारी दिए । हाल लगाइएको तटबन्ध देखि दक्षिण ३५० मिटर पनि तत्काल तटबन्ध गर्नु पर्ने आवश्यकता देखिएकाले ०७८÷७९ को नगर तथा वडाको बजेट आवश्यकताको आधार काम गर्ने समेत वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
गएको ५ वर्ष यता हाल तटबन्ध लगाइएको स्थान सम्बरबहादुर राईको घरबाट दक्षिण मनप्रकाश खनालको घरसम्म ३ विगाह जमिन खोलामा परिणत भएको तटबन्ध अनुगमन समितिका संयोजक तारानीधि पौडेलले बताए । उनले जग्गा सहित सो स्थानमा लगाइएको बाँस र अन्य जातका करिब पाँच सय विरुवाहरु खोलाले बगाएको जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि आए पछि नागरिकका समस्याहरु हल हुन थालेका छन् ।
नगरपालिकाले नागरिकको जनधनको रक्षाका लागि खोलाबाट अति जोखिम र पहिले नै खोलाले कटान गरी घर तथा जमिन नै बालुवामा परिणत गरेका स्थानहरुलाई प्राथमिकतामा राखेर नगरपालिकाले तटबन्ध गर्दै आएको नगरप्रमुख चन्द्र कुमार सेर्माले बताए ।
नगरपालिकाले आ.व. २०७८÷७९को बजेटबाट खोला कटानबाट रुपमा अति जोखिम क्षेत्रलाई व्यवस्थापन गर्दै लैजाने जनाएको छ ।
Comments