Sajhamanch Archive

कोरोना संक्रमण भएका बिरामीहरुले अपनाउनु पर्ने सावधानीहरु

Published: (Updated: ) in टिप्स/जानकारी, लोकप्रिय, स्वास्थ्य, by .

डेढवर्ष अघि चीनको बुहानबाट पहिचान गरिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएर महामारीको रुप लिएको छ । कोभिड–१९ नाम दिइएको यो भाइरसले अहिले पूरै विश्वलाई आक्रान्त पनि बनाएको छ । हरेक मानिस कोभिड संक्रमणको उत्तिकै जोखिममा छन् । अझ हामीजस्तो ‘फ्रन्टलाइनर’ जोखिमको उच्च सूचीमा रहेका छौं । यस सम्बन्धी पूर्ण सचेत भएर सावधानी अपनाउँदा अपनाउँदै आफू पनि कोरोना संक्रमित हुन पुगियो ।

संक्रमित हरेकले केही अनुभूति र अनुभव बटुलेका हुन्छन् । कसैले मनमा नै राख्छन् भने कोहीचाहिँ अरुलाई जानकारी दिँदा गौरव महसुस गर्छन । यही अनुभव आम ‘अडिअन्स’लाई पनि जानकारीमा रहोस् अनि सचेना अभिवृद्धि होस् भन्ने ध्येयले बुँदागत रुपमा यहाँ प्रस्तुत गरेको छु । फिजिसियन डाक्टर, आयुर्वेदिक डाक्टर, शुभेच्छुक तथा शुभचिन्तकहरुले कोरोना झेलिरहँदा दिनुभएको सल्लाह सुझाव एवम् आफ्ना भोगाईहरुलाई यहाँ समावेश गरिएको छ ।

 ज्वरो खोकीसहितको लक्षण देखिएर कोरोना संक्रमण भएको थाहा हुने बित्तिकै छातीको एक्स–रे र सम्भव हुनेले सिटी स्क्यान गराएर फोक्सोको अवस्था जाँच गर्नुपर्दछ ।
 शरीरमा अक्सिजनको लेभल ९० भन्दा कम हुन दिनु हुँदैन । सो को लागि अक्सिमिटर साथमै राखेर समय समयमा जाँच गरिरहनु पर्दछ ।
 अक्सिजन लेभल ९० भन्दा माथि हुँदा पनि श्वास प्रस्वासमा समस्या देखिए कम्तीमा आधा घण्टा घोप्टो परेर लामो लामो श्वास फेरिरहनुपर्छ ।
 अक्सिजन लेभल ९० भन्दा तल झरेको अवस्थामा अस्पताल गई चिकित्सकको निगरानीमा उपचार गर्नुपर्छ ।
 खानेकुरामा झोलिलो वस्तुलाई बढी प्राथमिकता दिनु पर्दछ ।


 हरेक कोरोना संक्रमितले पोषिलो खानेकुरामा ध्यान दिनु पर्दछ । विशेष गरी ड्राइफ्रुटको सेवनले शरीरमा इम्युनिटी पावर बढाउने गर्दछ ।
 बेसार, गुर्जो, अदुवा, तेजपत्ता, मरिच, नून आदिको समिश्रणमा पानी उमालेर नियमित पिउने गर्नुपर्दछ ।
 कफीको सेवन गर्नु राम्रो मानिन्छ ।
 गाईको शुद्ध दूध नियमित पिउनाले कोरोनासँग लड्न इम्युनिटी पावर बढाउँछ ।
 सिमलीको पात र निमको पात एक–एक मुठी हालेर पकाएको पानीले बिहान बेलुकै बाफ लिने गर्नुपर्दछ ।
 सकेसम्म सामाजिक सञ्जालको प्रयोग घटाउने । समाचारहरु थाहा पाउन विश्वासिला आमसञ्चार माध्यम केही समय उपयोग गर्न सकिनेछ ।
 मानसिक स्वास्थ्यमा असर पर्ने किसिमका सामग्रीको पहुँचमा नजाने ।
 टेलिफोन, मोवाइल फोनको प्रयोग पनि सिमित गर्नु राम्रो मानिन्छ ।
 नियमित र अनिवार्यरुपमा साबुन पानीले हात धुने बानीको विकास गर्नुपर्छ ।
 कोरोना संक्रमित भएँ भनेर डराउने होइन बरु आत्मबल दह्रो बनाएमा कोरोनालाई परास्त गर्न सकिन्छ ।
 कोरोना संक्रमितहरुलाई एकान्तमा राख्नुको साटो परिवार, आफन्त वा साथीभाइको वरिपरी कुराकानी गर्न मिल्ने गरी आइसोलेशन कोठा बनाउनु राम्रो हुन्छ ।
 कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेका बिरामीहरुलाई भौतिक दूरी कायम राखेर भेटघाट गर्ने तथा स्वास्थ्य अवस्था बारे जानकारी दिनु उत्तम हुनेछ ।
 एलोपेथिक औषधीसँगै आयुर्वेदिक पनि खान पाइएमा शरीरमा शक्ति आर्जन गर्न पाइनेछ ।
 हामीले मास्क लगाउन, हात धुन र सामाजिक दूरी कायम गर्ने क्रियाकलापलाई पटक्कै बिर्सन हुँदैन ।
 कोरोना संक्रमण पुष्टि भएदेखि नियमित तातोपानीले नुहाउनु उपयुक्त हुन्छ । चिसोपानीले नुहाएका संक्रमितहरु खोकी बढेका कारण अस्पतालमा हप्ताभर बसेको घटनालाई बिर्सन हुँदैन ।
 विभिन्न अफवाहले उत्पन्न भएको डर र त्रासलाई बिर्सेर उपलब्ध भएसम्म कोरोना विरुद्धको खोप लगाउन पछि नहटौं ।

 योग तथा प्राणायमले शरीरलाई स्फूर्ति प्रदान गर्ने भएकाले सो सम्बन्धी ज्ञान भएकाहरुले नियमित योग तथा प्राणायम गर्ने गरौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *