Sajhamanch Archive

कमल गाउँपालिकाले नवौं गाउँसभामा उत्कृष्ट कर्मचारी र शिक्षक सम्मान तथा पुरस्कृत गर्ने

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by .

कमल । कमल गाउँपालिकाले नवौं गाउँसभामा उत्कृष्ट कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।

कमल गाउँपालिकाले आगामी असार ११ गते हुने ९ औं गाउँसभामा गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सम्मान गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले उत्कृष्ट कर्मचारीतर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार नगदसहित सम्मान गरिने भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै कर्मचारी पुरस्कार तर्फ तोपगाछी स्वास्थ्य चौकीमा ल्याव असिन्टेनमा कार्यरत गीता न्यौपाने, सहायक महिला विकास निरीक्षक रेनुका गौतम, वडा नम्वर २ का वडा सचिव देविप्रसाद फुएल, वडा नम्वर ५ का कार्यरत कार्यालय सहयोगी अनतिा ताजपुरीयालाई जनही १० हजार नगदसहित सम्मान गरिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी सामुदायिक विद्यालयका शिक्षकतर्फ महेन्द्र रत्न माध्यमिक विद्यायल कमल २ मा कार्यरत शिक्षक प्रदिप राई, कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय कमल २ मा कार्यरत शिक्षक पुस्ता राई , र वालविका केन्द्र अन्तर्गत ज्योति आधारभुत विद्यालय कमल ४ मा कार्यरत विमला सापकोटा र मंगलमय माध्यमिक विद्यायल कमल ५मा कार्यरत संचिता राजवंशीलाई जनहि १० हजार नगद सहित सम्मान गरिने अधिकृत सुवास राईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *