Sajhamanch Archive

ठुला आयोजनाका ९७ अर्व बराबरका लगानी स्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौ । प्रधामन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले जल विद्युत आयोजनाबारे निर्णय गर्दा त्यससँगै प्रसारण लाइन, त्यसबाट उत्पादित विद्युृतको खपत एवं निर्यातको सम्भावनालाई दृष्टिगत गरेर मात्र गर्न निर्देशन दिएका छन् ।

‘विगतमा जुन त्रुटी भए त्यो अब हुन दिनु हुन्न, अन्यथा विद्युत्त उत्पादन हुने, हामीले प्रसारणलाइन बनाउन नसक्ने तर पिपिए अनुसार प्रयोग नभएको विद्युतको पैसा तिरी रहनु पर्ने अवस्था रहने उनको भनाई थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा मंगलबार सम्पन्न बोर्डको ४७ औं बैठकले विभिन्न आयोजनाका गरी करिब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र अनुमानित लागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मर्स्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) गरी दुई वटा जलविद्युत परियोजनाको कुल रु करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

यसै गरी सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सब ैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकास कर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिइएको छ ।

बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्रजारी गर्न परियोजना विकास कर्तासँग गरिने समझदारी–पत्रको मस्यौदा पजिस्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकमा तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने स देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न म्बन्धमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

साथै, बैठकले पश्चिम सेती र एसआर–६ संयुक्तजलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष ज्यूको संयोजकत्वमा एक समिति गठन गरेको छ । यसैगरी, बैठकले अरुण ३ जलविद्युत परियोजन ाप्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *