Sajhamanch Archive

भद्रपुर जेसीजको एक संक्रमित एक दाता अभियान सुरू

Published: in विविधा, समाज by .

भद्रपुर । मानव सेवाको लक्ष्य राखेर भद्रपुर जेसीजले एक संक्रमित एक दाता अभियान सुरू गरेको छ ।

भद्रपुर जेसीजले नगर क्षेत्रमा कोरोनाका सकृय पोजेटिपहरु तथा विपन्न परिवारका कोभिडका विरामीलाई ११११ रूपैया बराबरको पौष्टिक खाद्य तत्वहरु वितरण गर्न दाता अभियान सुरू गरेको हो ।

यस अभियानमा सेनिटाईजर,साबन, माक्स, भिटामिन सि, भिटामिन डी, जिङ्क चक्की, हर्लिक्स, चेवन प्रास लगायतका खाद्यपदार्थ एवम पोषण खाना वितरण गर्ने गरिएको छ ।

भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे निकासका अनुसार भद्रपुर नगरपलिका क्षेत्रबाट पहिलो चरणमा ६०० जनालाई वितरण गरिने लक्ष्य छ । १५१ जनालाई वितरण गरिसकेको जेसीजले कोभिडका विरामी पहिचान तथा सहयोग समेत संकलनलाई तीव्रता दिइरहेको छ । यस अभियानमा करिव दुई लाख बरावरको पोषण खाना वितरण गरिसकेको जेसीजले सात लाख मूल्य वरावरको पोषण खाद्यय वितरणकोे योजनासहित लक्ष्य निर्धारण गरेको जनाइएको छ ।

भद्रपुर नगरपालिकाका १० वटै वडाहरुमा वितरण गरिने अभियान अन्र्तगत प्रथम चरणमा ४,७, ९ र १० मा वितरण गरिसकेको महासचिव मनोज भट्टराईको भनाइ छ । उनले अभियान सफल बनाउन सहयोग गर्न सवै पक्षसित अपिल पनि गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *