Sajhamanch Archive

कमल गाउँपालिकामा ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाको आगामी आर्थिक वष २०७८÷०७९मा सञ्चालन गरिने नीति तथा कार्यक्रमसहित कुल ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष बेनु सिकाकोटीले आज नवौं गाउँसभामा प्रस्तुत गर्नु भएको बजेट अन्तर्गत चालु तथा प्रशासनिकतर्फ ३६ करोड ५३ लाख ९५ हजार रुपैया र पुँजीगततर्फ ३५ करोड ५ लाख ९८ हजार रुपैयाको बजेट  गाउँसभाले पारित गरेको हो ।

पारित गरिएको बजेट अन्तर्गत विकास तर्फ ७ करोड ८९ लाख १० दश हजार,सामाजिक विकास तर्फ ३२ करोड २० लाख १५ हजार पूर्वाधार विकासतर्फ २१ करोड ४७ लाख १८ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९१ लाख ५० हजार संस्थागत, सुशासन तथा अन्तर सम्बन्धित ९ करोड १२ लाख रुपैया गरी जम्मा ७१ करोड ५९ लाख ९३ हजार बजेट विनियोजन भएको हो । गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेद्वारा प्रस्तुत गरिएको बजेट पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *