Sajhamanch Archive

उपमहानगर पालिकाका कृषकलाई बाख्रा वितरण

Published: in समाज, स्थानीय तह by .

इटहरी । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका बाख्रा वितरण गरेको छ ।

एक कार्यक्रमका विच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बाख्रा वितरण गरेकी हुन् । प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी,वडा नम्वर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा वोयर जातका बाख्रा वितरण गरिएको हो ।

इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत कृषि फमहरुलाई १३ वटा वोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । अरु वोका वाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को शिहंदेवी कृषि शहकारी संस्थामा आवद्ध कृषि समूहलाई वितरण गरिएको हो ।

यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केहि दिन भित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । आज वितरित वोकाको मूल्य ५० हजार देखि १लाख ५० हजार सम्म रहेको छ । गत वर्ष वितरण गरिएको बाख्रावाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *