Sajhamanch Archive

दमकको मिलन मार्ग कालो पत्रे

Published: in विविधा by .

दमक । दमक ८ स्थित गणतन्त्र चोक दक्षिणको मिलन मार्गको पक्की ढलसहित सडक कालो पत्रे गर्ने काम सकिएको छ ।

वाड न ८को मिलन मार्गदेखि दक्षिण कसमिक पार्टी प्यासेससम्म, पश्चिममा बिकास मार्ग र पूर्वमा नारायण पराजुलीको घर छेउको सिमानासम्म वाटो कालो पत्रे गर्ने काम सकिएको हो । निर्माण ब्यवसायी पूर्वाञ्चल कन्ट्रक्सन भद्रपुरले केही दिन अघि सडक कालोपत्रेको काम सकेको जनाएको छ ।

संघीय सरकारको शहरी बिकास कार्यालयको बजेटबाट कुल ५सय मिटर लम्वाइको सडक कालो पत्रे गरेको पूर्वाञ्चल कन्ट्रक्सनका इन्जिीनियर प्रकाश कुमार सिंहले बताउनु भयो । मिलन मार्गको सडक भ्याट वाहेक २६ लाख ३७ हजार ९ सय ८९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको इन्जिीनियर सिंहले बताए । यो सडकको आयु ४ देखि ६ वर्ष हुने निर्माण ब्यवसायीहरु बताउँछन् । प्रत्येक ३ वर्षमा यस सडकको अवधिक मर्मत सम्भार गरियो भने धेरै वर्ष सडकको कालो पत्रेको आयु बढने निर्माण ब्यवसायी बल बहादुर लिम्वूले बताए । यसको लागि टोलबासी उपभोक्ता सहजक र सचेत हुनु पर्ने लिम्वूको भनाई छ ।

बजेटको ब्यवस्था मिलाइ दिनु हुने प्रधानमन्त्री केपी ओलीको सचिवालय सदस्य होम बहादुर थापा, निर्माण कार्यमा अहोरात्र खटने शहरी बिकासका इन्जीनियर ,प्राविधिक टोली, निर्माण उपभोक्ता समितिका पदाधिकारी टोल विकास संस्था लगायतको सहयोगमा सडक कालो पत्रे भएको मिलनमार्ग निर्माण उपभोक्ता समिति दमक ८ का अध्यक्ष हरि प्रसाद चापागाईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *