Sajhamanch Archive

जनमुखी कार्यक्रम ल्याएको कमल गाउँपालिकाको दावी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाले जन मुखी नीति तथा कार्यक्रम ल्याएको दावी गरेको छ । नवौ गाउँसभाबाट पारित गर्दै गाउँपालिकाले जनमुखी कार्यक्रम ल्याएको दावी गरेको हो ।

नीति तथा कार्यक्रममा सुख्खा यामको ४ महिनाको (फागुन, चैत,बैशाख र जेठ) कृषकहरुको बिजुली बिलको ५०% गाउँपालिकाले भुक्तानि गरिदिने समेत समेटिएको छ ।

एक घर एक पशु विमा कार्यक्रम अन्तर्गत किसानलाई ५०% अनुदान गाउँपालिकाले दिने । गाउँपालिका भित्रका ८४५ विपन्न परिवारको स्वास्थ विमा गाउँपलिकाले गरिदिने ।

गाउँपालिकाका विभिन्न विद्यालयमा पढाइ हुँदै आएको प्राविधिक विषय पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने समेत नीति कार्यक्रम नवौ गाउँसभाले पारित गरेको गाउँपालिका अध्यक्ष मेनुका काफलेले बताइन् । त्यसैगरी गाउँपालिका भित्रका विपन्न सतार मुसहर झागड र मिस्त्रि जातिका १५ उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क १८ महिने प्राविधिक विषय पढाउने व्यवस्था गरिने अध्यक्ष काफ्लेको भनाई छ ।
कोभिड संक्रमित व्यक्तिलाई बाहिरको अस्पताल लगेर उपचार गर्नु परेमा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने, साथै कोभिडका कारण नागरिकको मृत्यु भए परिवारलाई सदगत खर्च बापत २ लाख रुपैया उपलब्ध गराउने ।

विपन्न परिवार र बस्तीमा निःशुल्क खानेपानीको धारा जडान गरि दिने । विपन्न महिलाहरूलाई जिवनयापनको लागि निःशुल्क ३५ वटा ठेला भेन उपलब्ध गराउने । बुबाआमा विहिन बालबालिकालाई गाउँपालिकाले अभिभावकत्व ग्रहण गर्नेे योजना ल्याएको गाउँपालिकाले दावी गरेको छ ।

गत वर्ष गाउँपालिकामै स्थापना गरेको माटो परिक्षण ल्यावमा कृषकका खेतको निःशुल्क माटो परिक्षण गर्ने । व्यवसाय प्रवर्धन कोषलाई निरन्तरता दिने । गत साल कोषबाट २१ जना उद्यमी कृषकले १९ लाख रुपैया लिएकामा त्यसलाई यो वर्ष पनि निरन्तता दिइने भएको छ ।
कमल गाउँपालिकाको मुख्य बजार केरखामा माथिल्लो निकायले बजेट अभाव देखाएर वर्षै देखी आलटाल गर्दै आएकोमा यसै आर्थिक वर्ष भित्रमा गाउँपािलकाकै बजेटबाट कालोपत्रे गर्ने जस्ता लोकप्रीय कार्यक्रम नवौं गाउँ सभाबाट पारित भएको गाउँपालिकाकी अध्यक्ष काफ्लको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *