Sajhamanch Archive

गुडिरहेको एम्बुलेन्स पहिरोले छोप्यो, बिरामीको मृत्यु, चालक भागेर बचे

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

कास्की  । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु गाडीमै ज्यान गएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिएका छन् ।
‘खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘चालकले भागेर ज्यान जोगाए ।

विरामीको घटनास्थलमै ज्यान गयो ।’ घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *