Sajhamanch Archive

गाउँपालिका महासंघका अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

Published: in विविधा by .

 unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्ट्रचार भएको नयाँ तथ्य खुलेको छ ।

गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठकै गाँउपालिकमा यस्तो बेथिति देखिएको छ ।

बलेफीदेखी तेम्बाथान जाने मोटरबाटो गाउँपालिकाकै ठूलो र महत्वपूर्ण सडक हो । गाउँपालिकाको महत्वपूर्ण बाटो निर्माण समिति गठन गर्ने बेलामा जम्मा ३१ जना उपस्थित गराएर उपभोक्ता समिति बनाएको पाइएको छ । जसमा आधा दर्जनभन्दा बढी त गाउँपालिकाका कर्मचारीमात्र रहेका छन् ।

असारको सुरुदेखि नै मुनलाइट हाइड्रोपावर, गेलुङ खोला हाइड्रोपावरबाट एक्स्क्याभेटर लगेर बाटो खनिए पनि अध्यक्ष श्रेष्ठको निर्देशनमा उपभोक्ता समिति गठन गरी ५८ लाख २० हजार रुपैयाँ निकासा गरिएको रहस्य बाहिरिएको हो ।

देवेन्द्र शाक्यको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति असार २५ गते गठन गरे पनि मिति सच्च्याएर वैशाख २५ मै गठन गरेको बनाइएको छ ।

जुगल गाउँपालिकाका गजेन्द्र थापाले अख्तियारमा साउन १६ गते उजुरी दर्ता गरेसँगै यो तथ्य सार्वजनिक भएको हो । अख्तियारमा उजुरी दर्ता नम्बर १४४२ रहेको छ ।

थापाले बाटो हाइड्रोपावरको डोजरले खनेको भए पनि रातारात उपभोक्ता समिति गठन गरेर ५८ लाख निकासा भएको चाल पाएपछि अख्तियारमा उजुरी गर्नुभएको हो । कोठमा बसेर नक्कली हस्ताक्षर गरी गाउँपालिकाको अध्यक्षकै निर्देशनमा उपभोक्ता समिति बनाएको उजुरी पत्रमा उल्लेख छ ।

कार्यसम्पादन प्रतिवेदनमा उल्लेख भएजस्तो ड्राई स्टोन र मेसिनरी वाल (आवश्यक पर्खालहरु) केही दुरीको सडकमा नभएको इन्जिनियर सुरेश पौडेलले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष श्रेष्ठले दबाब दिएकोले यस्तो गर्नुपरेको उहाँले बताउनुभयो ।

हाइड्रोपावर कम्पनीसँग कुरा गर्दा हाइड्रोले समेत प्रयोग गर्ने बाटो भएकोले निशुल्क रुपमा डोजर उपलब्ध गराएको पाइएको छ ।

डोर हाजिर फाराममा काम नै नगरेका स्थानीयवासीको नाम लेखी दैनिक ज्याला समेत लिएको भनी नक्कली भर्पाइ गरी पैसा निकालेको चाल पाएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् ।

उज्यालाे

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *