Sajhamanch Archive

प्रधानमन्त्रीले जे भन्नु भयो त्यही हुन्छः प्रचण्ड

Published: in राजनीति by .

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए ।

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने, ‘स्थिर सरकार भइसकेपछि समृद्ध नेपाल भारतको पनि चाहना रैछ ।’

उनले भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको बताए । ‘भ्रमण आर्थिक समृद्धिका विषयमा केन्द्रित भयो, समग्रमा फलदायी भयो ’, उनले भने ।

मन्त्री फेरबदलबारे पत्रकारको जिज्ञासामा प्रचण्डले प्रधानमन्त्रीले भने जस्तै तत्काल हेरफेर नहुने बताएका छन् । ‘‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ त्यहीँ अधिकारिक हो,’ उनले भने, ‘गल्ती गर्नेलार्इ कारबाही हुन्छ भन्ने सन्दर्भमा  त्यो कुरा अाएको हो । अब मन्त्रीहरूले सक्रियतापूर्वक काम गर्न थाल्नुभयो भन्ने बुझे मैले ।’

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *