Sajhamanch Archive

लायन्स क्लव अफ केर्खाको आयोजना रक्तदान ६२ प्रिन्ट रगत संकलन

Published: in विविधा, समाज by .

कमल । लाइन्स क्लब अफ केर्खाको आयोजनामा भएको रक्तदानमा ६२ प्रिन्ट रगत संकलन गरिएको छ । लायन्स क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कमलगाउँपालिका ३ केर्खामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

लायन्स क्लव अफ केर्खाका अध्यक्ष देवेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाकी अधयक्ष मेनुका काफ्ले, ३ नम्वर वडाका अध्यक्ष नरप्रसाद दंगाल, रिजनल चियर पर्सन लायन डाक्टर तिलक खनाल, जुन चियर पर्सन लायन भिम विजय बाँस्तोलार्, लायन्स क्लव अफ केर्खाका संस्थापक अध्यक्ष लायन अग्निप्रसाद कोईराला लगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लव अफ केर्खाका सचिव लायन लेखनाथ सुवेदीले सन्चालन गरेको कार्यक्रममा उपस्थित सहभागीलार्ई लायन्स क्लव अफ केर्खाका उपाध्यक्ष लियो लायन प्रितिका सुवेदीले शाब्दिक शब्दद्वारा स्वगत गरेका थिए ।

लायन्स क्लव अफ केर्खाले सप्ताहाव्यापी कार्यक्रम मनाउने क्रममा यसअघि शिवशताक्षी नगरपालिका वडा नम्वर ७ स्थित लक्ष्मि नारायण मन्दिरमा रहेका ज्येष्ठ नागरिकलाई ७ थान बेड हस्तान्रण गरेको थियो भने कमल गाउँपालिकाको वडा नम्वर ४ स्थित ज्योती आधारभुत विद्यालयको प्राङ्गणमा आफै रेखदेख गरेर हुर्काउने गरी एकसय थान विरुवा रोपेको अध्यक्ष दाहालले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *