Sajhamanch Archive

सञ्चार क्षेत्रको समस्याको बिषयमा छलफल सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by .

फिदिम । प्रादेशिक सञ्चार प्रतिष्ठनको आयोजनामा सञ्चार क्षेत्रको समस्याको बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पाँचथरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्र पौडेल र प्रतिष्ठानका बोर्ड सदस्य गोपाल पोख्रेलको उपस्थिति थियो । कार्यक्रममा सहभागि पाँचथरका प्रत्रकारहरुले कोरोनाका कारण सञ्चार क्षेत्रमा चौतर्फी समस्या देखिएको बताएका थिए ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुंगानाले कोरोनाका कारण १ नम्बर प्रदेशका मिडियाको अवस्थाको बिषयमा प्रतिबेदन प्रस्तुत गरे । हासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले जिल्लाका मिडियाहरुको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रमको अवसरमा प्रतिष्ठानले कोरोनाका कारण ज्यान गुमाएका नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको परिवारलाई नगद उपलब्ध गराएको छ । कार्यकारी निर्देशक शर्माले भण्डारीकी श्रीमती शर्मिला भण्डारीलाई ५० हजारको चेक प्रदान गरेका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *