Sajhamanch Archive

कांग्रेसको गुटको राजनीतिले कार्यकर्ता निराश

Published: in राजनीति by .

सर्लाही । नेपाली काँग्रेस भित्र मौलाएको गुटबन्दीको राजनीतिले सर्लाहीलाई नराम्रोसँग सताएको छ। जिल्लामा अहिले मौलाउँदै गएको गुटबन्दीको राजनीतिलाई केन्द्रीय तहका नेताहरूले  थप मलजल गर्ने गरेपछि यो समस्य जटिल बन्दै गएको हो ।

एक साता अघि सदरमुकाम  मलंगवामा नेपाली काँग्रेस- २ नम्बर क्षेत्रले आयोजना  गरेको   क्षेत्रीय स्तरीय कार्यकर्ता भेलालाई  संस्थापन पक्षका नेता कार्यकर्ताहरूले बहिष्कार गरेपछि पार्टी भित्रको गुटगत्तको राजनीतिको विवाद  कार्यकर्ता माझ पुगेको हो।

एक साता अघि सदरमुकाममा काँग्रेस  महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने सभालाई जिल्ला सभापति नागेन्द्र राय क्षेत्रीय सभापतिहरु र संस्थापन पक्षका महाधिवेशन प्रतिनिधिहरुले बहिष्कार गरेका थिए।

संस्थापन पक्षका नेताहरूले  संघ र प्रदेशको चुनावमा पार्टीलाई चुनाव हराउन भुमिका खेलेको  दाबी गर्दै कार्यक्रमलाई बहिष्कार गरेको सर्लाही -३ नम्बर  क्षेत्रका सभापति पुन्यप्रसाद घिमिरे  बताउनुभयो । गएको निर्वाचनमा पार्टीलाई असहयोग गर्नेमा २ नम्बर क्षेत्रका क्षेत्रीय सभापति  दिनेश मिश्र, महाधिवेशन प्रतिनिधि विनोद खनाल, जिल्लाका पार्टी सचिव नवीन अधिकारी रहेकाले उनीहरूलाई अनुशासन समितिले कार्वाही गरिएकाले  पार्टीले कार्वाही  फुकुवा नगरेसम्म उनीहरूले आयोजना गरेको कुनै पनि  कार्यक्रममा पार्टीले सहभागीता नजनाउने  सभापति  घिमिरेले  बताउनुभयो ।

जिल्ला तहका नेताहरु लबिङको राजनीति गर्न थालेपछि कार्याकर्ताहरुमा  थप निराशा छाउन थालेको हरिपुर १ का नेपाली काँग्रेसका कार्यकर्ता रेशम खड्काले गुनासो गर्नुभयो। जिल्लामा पार्टीको विवाद चुलिएपछि संस्थापन पक्ष र संस्थापनईतर पक्षका कार्याकर्ताहरुले फरकफरक स्थानमा तिज कार्यक्रमको आयोजना गरी मनाएका  छन् ।

उनीहरुले एउटै क्षेत्रको  दुई स्थानमा कार्यक्रमको आयोजना गरेका हुन् । दुवै कार्यक्रमलाई केन्द्रीय  नेता शेखर कोइरालाले  आइतबार सम्बोधन गर्नुभएको थियो। दुवै पक्षका नेताले आगामी महाधिवेशनलाई आफ्नो पक्षमा पर्न केन्द्रीय  तहका नेताहरूलाई बोलाएर लबिङ सुरु गरेका छन् ।

जिल्ला तहका नेताहरुले आफ्नो पक्षका कार्यकर्तासँग लबिङ सुरु गरेपछि त्यसको प्रभाव गाउँ तहका कार्यकर्तामासमेत पर्न थालेको  छ । पछिल्लो समय  नेताहरू पार्टीको स्थानीय विवादलाई मिलाउने भन्दा पनि आफ्नो प्रभावलाई बलियो देखाउने तिर लागि परेपछि यो विवाद १४ अौ   महाधिवेशन अघि नसुल्झिने सर्लाहीका महाधिवेशन प्रतिनिधि युनिश अन्सारी  बताउनुहुन्छ।

संस्थापन पक्षको बलियो मानिएको सर्लाहीमा उहिले संस्थापनईतर  पक्षका नेताहरुको बाक्लो उपस्थिति रहेकाले गुटको राजनीतिलाई थप बलियो बनाएको छ ।

१३ अौ महाधिवेशनमा संस्थापन पक्ष बलियो देखिएको जिल्लामा  यस पटक त्यलाई उल्टाउने ईतरपक्षको कसरत जारी छ । संस्थापन पक्षले विगतको निर्वाचनमा पार्टीलाई ईतरपक्षले असहयोग गरेको कारण चुनावमा हार बेहोर्नु परेको वरहथवा नगरपालिकाबाट उप – मेयरका उम्मेदवार बन्नु भएका यशोदा चालिसे आरोप लगाउनुभयो। तर ईतरपक्षका नेता नवीन अधिकारीले  भने टिकट वितरणमा केन्द्रले मूल्यांकन गर्न नसक्दा पार्टी नराम्ररी हार व्यहोर्नुपरेको बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *