Sajhamanch Archive

झापाका कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । त्यस्तै कोरोना संक्रमणबाट झापामा आज एकैदिन ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ज्यान गुमाउनेहरुमा ३ महिला र ४ पुरुष रहेका छन् ।

यस्तै, झापामा आज थप १४८ जनाका कोरोना पुष्टि भएको छ । संक्रमण घट्दै गएको अनुमानका आधारमा निषेधाज्ञा खुकुलो भएपनि संक्रमण र मृत्यूदर अझै उस्तै छ । विवरण अनुसार जिल्लामा आज ७९ जना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएको छ ।
जिल्लाका कोरोनाबाट मृत्यू हुनेको संख्या ३८३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *