Sajhamanch Archive

रंगशालामा भागदौड हुँदा एक दर्शकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

अफ्रिकन कप अफ नेसनको छनोट खेलका दौरान अफ्रिकी देश माडागास्करको फुटबल रंगशालमा भागदौड मच्चिँदा एक जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।
अफ्रिका कप अफ नेसन्स २०१९ को छनोटअन्तर्गत माडागास्कर र सेनेगलबीचको खेल सुरु हुनुअघि रंगशालामा भागदौड मच्चिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रंगशालामा एक मात्रै गेट रहेकाले दर्शकलाई बाहिर निस्किन असजिलो भएको थियो।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। राजधानी एन्टोनानरिभोमा उनीहरूको उपचार भइरहेको छ। खेल हेर्न आउने दर्शक धेरै भएको तथा लाइन लामो भएका कारण ठेलमठेल हुँदा भागदौड मच्चिएको हो। खेल बराबरीमा सकिएको थियो । दुवैले दुई/दुई गोल गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *