Sajhamanch Archive

कोरोनाबाट मृत्यु भएकी प्रमिला ठाकुरको परिवारलाई युनियन लाइफद्वारा १० लाख बढी विमा भुक्तानी

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । युनियन लाइफ इन्योरेन्सले कोरोना संक्रमणका कारण मृत्यु भएकी प्रमिला ठाकुरको परिवारलाई विमा रकम भुक्तानी दिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ५ निवासी प्रमिला ठाकुरको कोरोना संक्रम(ाका कारण ४५ वर्षको उमेरमा मृत्यु भएको थियो । एक वर्ष अगाडि वार्षिक अग्रिम भुक्तानी विमा कार्यक्रम अन्तर्गत सुरुङ्गा शाखामा मृतक ठाकुरले १० लाख बराबरको विमा गरेकी थिइन् । उनको मृत्यु पश्चात युनियन लाइफ इन्योरेन्सले कम्पनीले बोनस रकम सहित उनको घरमै पुगेर १० लाख ५६ हजार विमा रकम भुक्तानी दिएको विमा कम्पनीका सुरुङ्गा शाखा प्रमुख नारायण थापाले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सत्य नारायण राजवंशी, विमा कम्पन्नी सुरुङ्गा शाखा प्रमुख नारायण थापा, कम्पनीका सहायक महाप्रवन्धक भुपराज पराजुली, एम,डी आर टी विजेता सिनियर एजेन्सी मेनेजर उमेशचन्द्र पोख्रेलले संयुक्त रुपमा मृत्युक ठाकुरका श्रीमान श्यामनन्द ठाकुरलाई विमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

योसँगै मृतक श्रीमान् श्यामनन्दको पनि ५ लाखको विमा गरेको युनियन लाइफ इन्योरेन्स कम्पनीले जनाएको छ । मृतक ठाकुरकी २ छोरा र २ छोरी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *