शिवसताक्षीमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु, फेरी बढ्न थाल्यो संक्रमण
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १ की ६२ वर्षीय खिनमाया खड्काको आज मृत्यु भएको हो । यो सँगै दोस्रो लहरमा शिवसताक्षीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ । मृतक महिला दमको रोगबाट पीडित रहेको बताइएको छ ।
गएको २५ गते शिवसताक्षी नगरपालिकाद्वारा गरिएको एटिजेन्ट परीक्षणमा उक्त महिलामा कोरोना पोजेटिभ देखिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि दमकको आम्दा अस्पतालमा उपचार गराइरहेको र २९ गते घर ल्याएको विरामीको आज मृत्यु भएको शिवसताक्षी नगरपालिका कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए । सवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताइएको छ ।
हाल शिवसताक्षीमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ । जसमा १०१ जना संक्रय संक्रमित छन् भने ४२२ जना कोरोना जितेर निको भइसकेको शिवतसाक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना संक्रमण जोखिम न्युनिकरणका लागि लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै शिवसताक्षीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । व्यवसाय सञ्चालन गर्दा मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न शिवसताक्षी नगरपालिकाले आग्रह गरेको छ ।
Comments