Sajhamanch Archive

ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

Published: in राष्ट्रिय समाचार, विविधा by .

सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा नातेदारको पक्षमा फैसला गरिएको आरोप थियो ।

त्यसैगरी अर्को फौजदारी मुद्दामा चारजनालाई सफाइ दिएको आरोप थियो भने प्रश्नपत्र बिक्रीको आरोप लागेका व्यक्तिकै पक्षमा फैसला गरेको अर्को आरोप रहेको थियो ।

यसअघि प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो ।

सुनुवाई समितिमा आफूविरुद्ध परेको उजुरीबारे प्रष्ट पार्दै मिश्रले १७ हजार मुद्दाको फैसला गरेको बताएका थिए ।

 मिश्रको जवाफ चित्तबुझ्दो आएको हुँदा सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *