Sajhamanch Archive

टंकप्रसाद–रमादेवी पाठकका नाममा १ लाखको अक्षयकोष स्थापना

Published: in विविधा, समाज by .

विर्तामोड । जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठकले एकलाखको अक्षयकोष स्थापना गरेका छन् ।

नेपाल प्रेस युनियन झापाका केन्द्रीय पार्षद समेत रहनु भएका यज्ञप्रसाद र सकुन्तला पाठकले उहाँहरुका दिवंगत मातापिता टंकप्रसाद र रमादेवी पाठकका नाममा १ लाख रकम बराबरको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकार पुरस्कार अक्षयकोषको स्थापना गरेका हुन् ।

नेपाल प्रेस युनियन मातहतमा रहने गरी आफ्ना दिवंगत आमा बुबाका नाममा स्थापित अक्षयकोषको रकम शुक्रबारै युनियनका अक्ष्यक्ष इन्दु पूर्वेली, निवर्तमान अध्यक्ष कृष्ण हुमागाँई, सल्लाहकार राजेन्द्र गौतमसहितको टोलीलाई रकम संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको हो ।

युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा आजै बसेको कार्यसमिति तथा सल्लाहकार र पार्षदसहितको बैठकले उक्त कोष सञ्चालन सम्बन्धि कार्यविधि पारित गरेको सचिव डिल्लीराम घोर्साईँले जानकारी दिए ।

सन्तानको समृद्धि, सामाजिक सेवा र अध्यात्मिक चिन्तनमा रमाउने दम्पतीमध्ये टंकनाथको २०७३÷०७÷१५ सालमा निधन भयो भने रमादेवी पाठकको २०७८ साल जेठ ५ गते निधन भयो । जन्मपछि मृत्यु अवश्यम्भावी छ, तर आफ्ना पितापुर्खाले राखेको सामाजिक काम एवम् उहाँहरुको विराशतलाई सदास्मरणीय बनाउन काइला छोरा–बुहारी यज्ञप्रसाद–सकुन्तला कार्की पाठकले बुवा आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।

यसअघि टंकप्रसाद र रमादेवीका माइला छोराबुहारी हेमप्रसाद–सरिता पाठकले राष्ट्रियस्तरमा प्रदान गर्ने गरी टंकप्रसाद–रमादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *