भारत पुगेर प्रचण्डले गरे यस्तो सनसनीपूर्ण खुलासा
Published: (Updated: )
by .काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला सनसनीपूर्ण खुलासा गरेका छन् । उनले दुई वर्षभित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा एमालेसँग पार्टी एकीकरण गरिएको खुलासा गरेका हुन् ।
भारतीय सञ्चार संस्था ‘हिन्दुस्तान टाइम्स’का लागि प्रशान्त झासँगको अन्तर्वार्ताका क्रममा उनले आफूहरु अहिलेसम्म त्यही बुझाईका साथ अघि बढेको बताएका छन् । यदि त्यसो भएन भने ? भन्ने पश्नमा प्रचण्डले त्यो कुरा त्यतिबेलै थाहा हुने र अहिले आफूहरु त्यही विश्वास अनुसार अघि बढेको बताउँदै भारतीय नेताहरुलाई समेत यो कुरा बताइसकेको उल्लेख गरेका छन् ।
‘त्यसपछि के हुन्छ, हामी हेर्दै जानेछौं । अहिले हामी पूर्ण इमानदार भएर अगाडि बढिरहेका छौं । म त्यही रुपमा नै अघि बढिरहेको छु । भारतीय नेतालाई पनि मैले यही भनेँ ।’ चुनावी फाइदा र स्थायित्वका लागि पार्टी एकता गर्ने उद्देश्यले नै वामगठबन्धन भएको प्रचण्डले उक्त अन्तर्वार्ताका क्रममा बताएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएको थियो । प्रचण्ड र केपी शर्मा ओली अहिले समान हैसियतमा पार्टीको अध्यक्ष छन् । केन्द्रीय तहमा एकता भएपनि प्रदेश, जिल्ला तथा स्थानीय तहमा एकताको काम अघि बढ्न सकेको छैन । भदौभित्र एकता टुङ्ग्याउने नेकपाको तयारी छ ।
एकताको बेला दुई अध्यक्षको पदीय हैसियतका विषयमा कुरा उठेपनि यसलाई मिलाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको थियो । दुवै अध्यक्षले आफूबीच भएको भित्रि सहमतिलाई अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । भारत भ्रमणका क्रमम आएको प्रचण्डको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Comments