Sajhamanch Archive

सबैका प्रिय शिवकुमार काकाको सवलाई बजार परिक्रमा पछि अन्त्यष्टि

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी ९, निवासी, तत्कालिन सतासीधाम गाविसका जनप्रतिनिधी शिवकुमार योङ्याको आज अन्तष्टि गरिएको छ ।
शिवसताक्षी नगरपालिकाका मुख्य बजार दूधे, झिलझिले, माइधार लगायतका क्षेत्रहरुमा सव यात्रा सकिएपछि मिलनचौक उत्तर जंगलमा लिम्बु संस्कार अनुसार उनको अन्तष्टि गरिएको हो ।

काठमाडौंको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा गएको आषाढ ३० गते विहान ८४ वर्षको उमेरमा उनको निधन भएका थियो । आफन्नहरु सबै आउन समस्या भएको कारण उनको सवलाई मंगलबारे स्थित मदन भण्डारी अध्ययन प्रतिष्ठानमा राखिएको थियो ।

योङ्या एक वर्षअघि मात्र पत्नी वियोगमा परेका थिए । पाँचथरको ओयाममा वि.स. १९९३ मंसिर ८ गते जन्मिएका योङ्या ४ दाजुभाइमध्ये साइला हुन् । उनका तीन छोरा प्रेम, रतन, सूर्य र छोरी कविता रहेका छन । उनी शिवसताक्षी बासीका प्रिय काका थिए । सबैले उनलाई शिवकुमार काका भनेर बोलाउँथे ।

तत्कालीन सतासीधाम गाविसको दुई पटक प्रधानपञ्च, एकपटक गाविस अध्यक्ष र तत्कालिन शिवगञ्ज गाविसको वडा नम्बर ७ का उनी निर्वाचित वडा अध्यक्ष बनेका थिए । साबिक शिवगञ्ज गाविस वडा नम्बर ७ को २०३२ सालदेखि २०३९ सालसम्म लगातार ७ वर्ष वडा अध्यक्षको रुपमा रहेर काम गरेका थिए ।

तत्कालीन शिवगञ्ज गाविसबाट वडा नम्बर ७ छुट्टीएर सतासिधाम गाउँ विकास समिति बन्दा याङ्या संस्थापक प्रधानपञ्च बनेका हुन् । उनी २०३९ सालमा तत्कालीन सतासीधाम गाविसको संस्थापक प्रधानपञ्च बनेका थिए । २०४२ सालमा भएको निर्वाचनमा पनि उनी सतासीधाम गाविसको दोस्रो प्रधानपञ्चका रुपमा निर्वाचित भए । पञ्चायत कालका झापाका निडर प्रधानपञ्चका रुपमा आफुलाई स्थापित गरे ।

वि.सं. २०४५ साल उनी अपदस्त बनेका थिए । २०५९ सालमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि याङया पुनः सतासीधाम गाविसको अध्यक्ष बनेका थिए । उनी जनप्रतिनिधि भएका बखत विद्यालय, मठमन्दिर, सडक, पुल लगायतका सयौं पूर्वाधार निर्माण भएको बताइन्छ ।

पछिल्लो समय योङ्या नेपाली कांग्रेस पाटीमा आबाद्ध भई १३औं महाधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधी बनेका थिए । योङया आदिवासी जनजाति महासङ्घ झापा जिल्ला अध्यक्ष, श्री खुद्रा बचत तथा ऋण सहकारी संस्थाको कार्यसमिति सदस्य, माङ्हिम माइधामका अध्यक्ष लगायत दजनौ संघ संस्थाहरुमा आबद्ध भई समाज रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका थिए । उमेर ८४ टेक्दा पनि  युवा अवस्थाको जस्तो जोस जागरका साथ सामाजिक सेवामा लाग्ने उनको कार्यशैलीले पनि उनी सबैका प्रिय थिए । उनको निधनले समाजले एक कुशल अभिभावक गुमाएको महशुस गरेको छ । उनको अन्त्यष्टिमा हजारौको संख्यामा आफन्न तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *