शिवसताक्षीमा कोरोनाबाट थप दुईको मृत्यु
Published:
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका वडा नं. १० का ७० वर्षीय हर्क बहादुर वि.क र वडा नं. ११ का ४१ वर्षीय हर्कबहादुर तिरुवाको कोरोना संक्रमणबाट मृत्यु भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यो सँगै शिवसताक्षीमा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
वडा नं. १० हर्कबहादुर वि.क.लाई गएको ३० गते कोरोना संक्रमण पुष्टि भई आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिका कोरोना फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । त्यस्तै अधिकारीका अनुसार शिवसताक्षी ११ का हर्कबहादुर तिरुवालाई आषाढ २६ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । तिरुवा नेपाली कांग्रेसका वडा नं. ११ का सचिव हुन् ।
Comments