शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३ पुग्यो
Published:
by .शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी न.पा. ११ का ६० वर्षीय सिंहबहादुर तामाङ्गको कोरोना संक्रमणबाट आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।
तामाङ्गलाई श्रावण २ गते एन्टिजेन्ट पोजेटिभ देखिएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । नगरको कोभिड अस्पतालमा उपचार गरी मेची अञ्चल अस्पताल भद्रपुरमा थप उपचारका लागि लगिएको तामाङ्गको आज विहान मृत्यु भएको फोकल पर्सन अधिकारीले बताए । यो सँगै शिवसताक्षी नगरपालिकामा कोरोना भाइरसको दोस्रो लहरमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
लकडाउन खुकुलो भएसँगै शिवसताक्षीमा कोरोना संक्रमितको संख्या हुवात्तै वढेको छ । शिवसताक्षी नगरपालिकाले कोरोना नियन्त्रणका लागि कोरोना संक्रमण क्षेत्र शिल गर्नु पर्ने आवाज उठन थालेको छ ।
Comments