झापामा २ सय ५२ कोरोना संक्रमित थपिए, ४ को मृत्यु
Published:
by .बिर्तामोड । झापामा पछिल्लो २४ घण्टामा थप २ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसबाट बुधबार ४ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
बुधबार सबैभन्दा धेरै बिर्तामोडमा ५०, दमक ४८ र बुद्धशान्तिमा ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, कोरोनाबाट ज्यान गुमाउनेहरुमा बुद्धशान्ति,शिवसताक्षी १÷१ र मेचीनगरका २ जना रहेका छन् । यो सँगै झापाका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १७ सय ४ जना पुगेको छ ।
Comments