Sajhamanch Archive

कोरोनाको कहरः कनकाई नगरपालिका १६ गतेसम्म शिल

Published: (Updated: ) in विविधा, स्थानीय तह by .

बिर्तामोड । झापामा लकडाउन खुुकुलो भएसँगै पालिकाहरुमा कोरोना भाइरसको सक्रमण दर बढ्न थालेको छ । संक्रमण दर बढेको भन्दै कनकाई नगरपालिकाले श्रावण १६ गतेसम्म शिल गरिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राती १० बजेदेखि १६ गतेसम्मका लागि शिल गरेको हो ।

नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय, बैंक तथा वित्तिय संस्था बन्द गर्न अनुरोध गरिएको छ । कनकाई नगरपालिका तथा वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक सबै स्थगन गरिएको निमित्त कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए ।
नगरको सबै वडाका कोरोना संक्रमण बढेका कारण शिल गरिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *