दमकमा सोमबारदेखि पूर्ण लकडाउन गरिने
Published: (Updated: )
by .दमक । कोरोना संक्रमण दर बढ्दै गएपछि झापाको दमक नगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको बैठकले श्रावण ११ गते विहान देखि १७ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
दमक नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले कोरोना संक्रमणको जोखिम बढेसँगै लकडाउन गर्ने निर्णय भएको बताए । दमकमा मानिसको आउजाउ पुर्ण रुपमा बन्द गरिने छ, उनले भने, राजमार्ग बाहेक अन्त सवारीसाधन चल्न पाउने छैनन ।
बैक तथा वित्तिय संस्था समेत बन्द गराइने दमक नगरपालिकाले जनाएको छ । झापामा कोरोना भाइरसको दर उच्च हुँदै गएपछि यस अघि बुद्धशान्ति गाउँपालिका, कनकाई नगरपालिका लगायतका पालिकाहरुमा लकडाउन सुरु भई सकेको छ ।
Comments