झापामा मंगलवार ३१२ जनामा संक्रमित थपिए
Published: (Updated: )
by .बिर्तामोड । झापामा मंगलवार थप ३१२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१२ जना संक्रमित थपिएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यसमध्ये १ जना पथरीका छन् । उनको दमकमा उपचारको क्रममा निधन भएको छ । बिर्तामोड,कमल र शिवसताक्षीमा १।१ जना संक्रमितले ज्यान गुमाए । २ जना संक्रमितको विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३२ पुगेको छ ।
बिर्तामोडमा मात्रै मंगलवार ५६ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित हुनेहरुमा दमक, मेचीनगर,शिवसताक्षी रहेका छन् ।
Comments