Sajhamanch Archive

कचनकवल गाउँपालिकामा ५१ करोड ४० लाखको बजेट सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र by .

भद्रपुर । झापाको दक्षिणी  कचनकवल गाउँपालिकाको दोस्रो गाउँ सभाले चालु आर्थिक वर्ष ०७५।७६ को लागि ५१ करोड ४० लाख ७८ हजार बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका केही परिषद सदस्यहरुले गरेको विरोधका बावजुद मङ्गलबार बसेको बन्द सत्रको बहुमतले बजेट पारित गरी सार्वजनिक गरेको हो ।

बजेटलाई उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदन मार्फत सार्वजानिक गरेकी थिइन् । उपाध्यक्ष राजवंशीले सार्वजानिक गरेको प्रतिवेदन अनुसार चालु तर्फ २८ करोड ४५ लाख ४० हजार र पुँजीगत तथा सशर्त तर्फ २२ करोड ८६ लाख ६ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी व्यहोरिने स्रोतका रुपमा आन्तरिक आयबाट ८० लाख,नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट १२ करोड ४५ लाख तथा सर्शत अनुदान १५ करोड ३१ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट ३७ लाख ७० हजार,राजस्व वाँडफाँडबाट ८ करोड ५ लाख २१ हजार,सवारी साधन कर वाँडफाँडबाट ५१ लाख ११ हजार उल्लेख गरिएको छ । गाउँपालिकाले प्रदेश सर्शत अनुदान १ करोड, तराइ मधेश समृद्ध कार्यक्रमबाट १ करोड २ लाख ४० हजार, अ.ल्या. ५ करोड ४१ लाख १७ हजार, सामाजिक सुरक्षा तर्फ केन्द्रीय सरकारबाट प्राप्त ६ करोड १४ लाख ८६ हजार र अन्य आय २३ लाख ३३ हजार समेत गाउँपालिकाको सञिचत कोषमा जम्मा भई सो कोषबाट खर्च हुने अनुमान प्रस्ताव गरेको जनाइएको छ ।

बजेटमा आर्थिक विकास तर्फ कृषि तथा पशु स्वास्थ्य सेवालगायत विभिन्न कार्यक्रम साथै आयोजनाहरुका लागि ६१ लाख ३द्द हजार,पर्यटन तर्फ १९ लाख, सहकारी तर्फ साढे ४ लाख र वित्तीय क्षेत्रमा ४४ लाख गरी १ करोड २८ लाख ८२ हजार बजेट छुट्टाइएको छ । त्यसैगरी सामाजिक विकास तर्फ शिक्षा लगायत विभिन्न आयोजनाहरुका लागि १२ करोड २ लाख ४९ हजार, स्वास्थ्यमा३ करोड ४ लाख ८ हजार,खानेपानी तथा सरसफाई १० लाख,संस्कृति प्रवद्र्धन तर्फ २५ लाख ७० हजार,खेलकुद तथा मनोरञ्जनमा २० लाख ५० हजार र लैङगिक समानता तथा समावेशीकरणतर्फ ३५ लाख ४० हजार गरी १५ करोड ९८ लाख १ हजार विनियोजन गरिएको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ २२ करोड ८४ लाख ६ हजार रहेको छ । गाउँपालिकाले वातावरण तथा विपद् व्यवस्थापनमा ७२ लाख ५० हजार छुट्टयाएको छ भने संस्थागत विकासमा १० करोड ९७ लाख ३९ हजार विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *