झापामा ३ सय ३४ जना कोरोना संक्रमण पुष्टि, दमक र विर्तामोडमा संक्रमण हुने दर बढी
Published: (Updated: )
by .बिर्तामोड । बुधबार झापामा ३ सय ३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये दमकमा ८० र विर्तामोड ६१ जनाका संक्रमित थपिएका छन् ।
त्यस्तै भद्रपुर नगरपालिकाका ३९, कनकाई नगरपालिकाका ३३ जनामा संक्रमण पुष्टि भएको छ।
बुधबार कोभिडबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
Comments