शनिबारदेखि झापामा पूर्ण रुपमा लकडाउन गरिने
Published: (Updated: )
by .बिर्तामोड । शनिबारदेखि झापामा पूर्ण रुपमा लकडाउन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला १६ गते राती १२ बजेदेखि २३ गते राती १२ बजेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको हो । यस अघि जिल्लामा दश पालिकाहरु लकडाउन भएको अवस्थामा जिल्लामा कोरोनाको पहिलो चरण कै जस्तो कडाईका साथ सिल गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
बैठकले औषधि, स्वास्थ्य सामाग्री, पेट्रोल पम्प, एल पी ग्यासको पसल बाहेक अन्य पसलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बताइएको ।
अति आश्वयक सेवाहरु एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यन्य, तरकारी, फलपूmल, दुध तथा दुधजन्य पदार्थ, बोकेका सवारी साधन, बैंक वित्तीय संस्था, रेडक्रस, दुरसञ्चार, इन्टरनेट, आइशोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियार लगायतका सवारी साधानहरु परिचय पत्र र स्वास्थ्य सामाग्रीको अनिवार्य प्रयोग गरी चलाउन पाइने जिल्ला प्रशासन कार्यालयबाट जारी सुचनामा उल्लेख छ ।
हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल गरिएको छ ।
Comments