Sajhamanch Archive

शिवसताक्षीमा कोरोना खोपः पहिलो दिन ५५ वर्ष माथि नागरिकलाई मात्र लगाइने

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षीमा कोरोना विरुद्धको भेरोसेल खोप श्रावण १७ गतेदेखि १९ गतेसम्म लगाइने भएको छ । नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्य चौकी सतासीधाम, स्वास्थ्य चौकी धरमपुर र स्वास्थ्य चौकी पाँचगाछीमा खोप लगाइने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आज बसेको सिसिएमसीको बैठकले १७ गते नगरका ५५ वर्ष माथिका नागरिकलाई मात्र खोप लगाउने निर्णय गरेको छ । त्यस्तै १८ गते फ्रन्टलाइनमा काम गर्ने बैक तथा वित्तीय संस्थाका कर्मचारीं, सवारी साधनका चालक तथा सहचालक, सुरक्षा कर्मी, कस्ष्ट्रशनमा काम गर्ने कर्मचारी, शिक्षक, प्राध्यापकहरुलाई तोकिएको खोप केन्द्रमा लगाइने नगर सूचना अधिकारी डिल्ली नेपालले जानकारी दिए । त्यस्तै १९ गते खोप लगाउन तोकिएको मापदण्ड भित्रका छुटेका नागरिकलाई लगाइने नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्य नजर गर्दै भिड भाड हुन नदिन पहिलो दिन ५५ वर्ष माथि र दोस्रो दिन तोकिएको अग्रभागमा काम गर्ने कर्मचारी र तेस्रो दिन मापदण्ड परेका तर पहिलो र दोस्रो दिन छुटेकालाई खोप लगाइने नगरप्रमुख चन्द्रकुमार सेर्माले जानकारी दिए । उनले खोप केन्द्रमा जादाँ नागरिकता, परिचयत पत्र लिई अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्न  सबैलाई आग्रह गरेका छन् ।

नगरपालिकाले खोप अवधिभर तोकिएको खोप केन्द्र अनुगमन गर्न नगरप्रमुख चन्द्रकुमार सेर्माको संयोजकत्वमा सबै राजनीतिक दलको प्रतिनिधिसहितको अनुगमन समिति गठन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *