भद्रपुर नगरपालिकाले आज रातिदेखि अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने
Published:
by .भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले आज रातिबाट नगरक्षेत्रमा अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने भएको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन समिति झापाको साउन १४ गतेको निर्णय अनुसार नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक बाहेका सवै सेवाहरू साउन २३ गते मध्यरातिसम्मका बन्द गर्ने जानकारी गराएको हो ।
झापामा कोभिड १९ का विरामीको संख्याले उच्च गति लिएको ठहर गर्दै एक हप्ताका लागि आज मध्यरातिबाट २३ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरिसकेको थियो ।
Comments