Sajhamanch Archive

शिवसताक्षीमा भेरोसेल खोप ३ हजार ९९९ जनालाई लगाइयो, जोनसोन एण्ड जोनसोनको खोप आउँदै

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा अमेरिकन जोनसोन एण्ड जोनसोन खोप आउने भएको छ । जोनसोन एण्ड जोनसनको खोप भोलि मंगलबार आउने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरबाट ३१०० डोज खोप शिवसताक्षी नगरपालिकामा आउने उपमेयर भोजकुमारी नेपालले बताइन् । उक्त खोप एक डोज लगाउँदा हुने भएकाले वैदेशिक रोजगारीका जान लागेका वा खोपको दोस्रो डोज लगाउन नभियाउनेहरुलाई प्राथमिकतामा राखेर लगाइने उपमेयर नेपालले जानकारी दिइन् । गएको १७ गतेबाट लगाउन सुरु गरिएको खोप सकिएपछि लगत्तै जोनसोन एण्ड जोनसोन खोप लगाइने नगर स्वास्थ्य शाखा प्रमुख हरि विमलीले जानकारी दिए ।

शिवसताक्षीमा आज स्वास्थ्य चौकी सतासीधाममा ६७६, प्राथमिक स्वास्थ्य चौकी शिवगञ्जमा ३३७, स्वास्थ्य चौकी पाँचगाछीमा १८२ र स्वास्थ्य चौकी धरमपुरमा ४७७ गरी जम्मा १६७२ जनालाई भेरोसेल खोप लगाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरमा आइतबार र सोमबार गरी ३ हजार ९९९ जनालाई खोप लगाइ सकिएको छ । बाँकी खोप भोलि बुधबार लगाइने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *