शिवसताक्षीमा श्रावण २१ र २२ गते कोरोना विरुद्ध जोनसन एण्ड जोनसनकोे खोप लगाइने
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले श्रावण २१ र २२ जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको खोप लगाउने भएको छ ।
शिवसताक्षी नगरपालिकाको स्वास्थ्य चौकी सतासीधाम, प्राथमिक स्वास्थ्य चौकी शिवगञ्ज, स्वास्थ्य चौकी पाचँगाछी, स्वास्थ्य चौकी धरमपुर र शिवसताक्षी ९ मा रहेको शहरी स्वास्थ्य इकाई केन्द्रबाट एकै साथ खोप सञ्चालन गरिने नगरपालिकाको सर्वपक्षीय सिसिएमसीको आज बसेको बैठकले निर्णय गरेको हो ।
बैठकले हाल खोप सञ्चालन हुँदै आएको वडा नं. ८, ९ , १० र ११ का नागरिकलाई सतासीधाम स्वास्थ्य चौकीमा सञ्चालन हुँदै आएता पनि मानिसको अत्यधिक भीड भएकाले वडा नं. ९ र १० का नागरिकलाई वडा नं. ९ स्थित शहरी स्वास्थ्य इकाई केन्द्रमा खोप लगाइने नगर सुचना अधिकृत डिल्ली नेपालले बताए । सतासीधाम स्वास्थ्य चौकी दूधेमा वडा नं. ८ र ११ का नागरिकलाई मात्र खोप लगाइने भएको छ । त्यस्तै वडा नं. १,२,३ का नागरिकलाई धरमपुर स्वास्थ्य चौकी, वडा नं. ४ र ५ का नागरिकलाई पाँचगाछी स्वास्थ्य चौकी, र वडा नं. ६ र ७ का नागरिकलाई प्राथमिक स्वास्थ्य चौकी शिवगञ्जमा खोप सञ्चालन हुने छ ।
जोनसन एण्ड जोनसन खोप ५० वर्ष देखि ५४ वर्ष उमेर समूहका नागरिक, विदेश जानका लागि भिषा लागेका र पूर्ण र अतिअसक्त अपाङ्गलाई लगाइने नगर स्वास्थ्य शाखाले जनाएको छ ।
खोप लगाउन आउँदा नागरिकता र वैदेशिक रोजगारीमा जान लगाएका नागरिकले भिषा लागेको प्रमाण सहितको कागज, अपाङ्ग वा अशक्तले अपाङ्ग कार्ड अनिवार्य लिएर आउनु पर्ने अधिकृत नेपालले बताए ।
त्यसैगरी नगरपालिकाले स्वास्थ्य चौकी सतासीधामलाई ६ सय, शहरी स्वास्थ्य इकाई केन्द्रलाई ६ सय, प्राथमिक स्वास्थ्य चौकी शिवगञ्जलाई ६ सय ५०, स्वास्थ्य चौकी धरमपुरलाई ७ सय, स्वास्थ्य चौकी पाँचगाछीलाई ४ सय खोप उपलब्ध गराएको सूचना अधिकृत डिल्ली नेपालले जानकारी दिए ।
शिवसताक्षीको लालपानी र ट्याक्राका नागरिकलाई २३ गते लालपानी मै गएर खोप सञ्चालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाले १ सय ५० डोज खोप उपलब्ध गराएको बताइएको छ ।
यसअघि नगरपालिकाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज नगरका ४ वटै स्वास्थ्य केन्द्रबाट लगाएको थियो ।
Comments