चीनको हुनानमा अन्धाधुन्ध कार हाँक्दा ९ जनाको मृत्यु, ४३ घाइते
Published: (Updated: )
by .काठमाडौं । चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार हाँक्दा झण्डै एक दर्जन व्यक्तिको मृत्यु भएको छ ।
घटनामा कम्तिमा पनि ९ व्यक्ति मारिएको र ४३ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार साँझ पौने आठ बजे बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको थियो ।
स्थानीय संचार माध्यमहरुले त्यसक्रममा केही व्यक्तिहरुमाथि चक्कु प्रहार भएको पनि बताएका छन् ।
सुरक्षा अधिकारीहरुले कार चलाउने व्यक्ति आपराधिक पृष्ठभूमीको रहेको र उसलाई पक्राउ गरिएको जनाएका छन् ।
घटनामा चरमपंथीहरुको संलग्नता रहे या नरहेको बारेमा भने केही खुलाइएको छैन ।
Comments