Sajhamanch Archive

ग्लोबल एनआरएन सिंगिङ आइडलमा उत्कृष्ट २५ प्रतिस्पर्धी छनौट

Published: in गीत/संगीत/मनोरञ्जन, विविधा by .

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका मध्ये उत्कृष्ट २५ जना छानिएका छन् ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जनाप्रतिस्पर्धी छनौट भएका हुन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीययूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्डपार गर्दै छनोट भएका ३० जनामध्येबाट‘गाला राउन्ड’मा २५ जना पुगेका हुन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायकउदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । ५ जना महिला र २० जना पुरुष उत्कृष्ट २५ मा पुगेका हुन् ।

२५ जनाउत्कृष्ट प्रतिस्पर्धीहरूमायुवराज गुरुङ (क्यानडा), बीबीमल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाशन्यौपाने (जापान), देवकीन्यौपाने खत्री (युएई), कविताआरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अष्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जीतागोदार (अष्ट्रेलिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजापुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिशथापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) उत्कृष्ट २५ मा परेका छन् ।
ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जनाप्रतिस्पर्धी छनौट भएका थिए । एन आर एन ए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङ मार्फत् प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् ।

डिजिटल अडिसनमा ६ वटा महादेश स्थित गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरू मार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो।

एनआरएनए मध्य पूर्व युवा संयोजक राज रेग्मीले गैर आवासीय नेपाली संघको काठमाडा ैंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअल मार्फत् गरिएको बताएका छन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंकप्राप्त गर्ने छन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्तगर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैया ँतोकिएको छ । ग्राण्ड फिनालेमाप्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *