Sajhamanch Archive

व्यवसायी पौडेलको शोकमा गौरीगञ्ज बजार बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

दमक । झापाको गौरीगञ्जमा हत्या गरिएका दमकका कपडा व्यवसायी खेमराज पौडेलको शोकमा आज गौरीगञ्ज वजार वन्द भएको छ ।

झापा उद्योग वाणिज्य संघको आव्हानमा एक दिन त्यस क्षेत्रको वजार वन्द गरिएको हो । गौरीगञ्ज र खजुरगाछीका वजार, पसलहरु वन्द भएका छन् ।

संघले व्यवसायी हत्याको घटनाले असुरक्षा बढेको भन्दैं सुरक्षाको माग गरेका छन् । संघका पूर्वअध्यक्ष समेत रहेका गौरीगञ्ज गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ,अध्यक्ष महतोले व्यवसायी पौडेलको हत्याको घटनाले सुरक्षा चिन्ता बढाएको भन्दै हत्यामा संलग्नलाई हदैसम्म कारवाही गर्न माग गरेका छन् ।

यसैगरि दमकका दमक–६ मा राजदिप इन्टरप्राइजेज फर्म सञ्चालन गरिआएका व्यवसायी पौडेलको अत्यन्तै क्रुर ढंगबाट हत्या गरिएकोमा भत्र्सना गर्दे हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दे दमक उद्योग वाणिज्य संघले विरोध स्वरुप पनि विहिबारनै मौनर्याली निकालेको छ ।

संघका अध्यक्ष राजेन्द्र ढकालले व्यवसायी पौडेलको हत्याको घटनाले असुरक्षा बढेको भन्दै त्यसप्रति प्रशासन गंभीर वन्न माग गर्दे इलाका प्रहरी कार्यालय दमकमा ध्यानकर्षण समेत गरिएको बताए ।

कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका ३८ बर्षिय कपडा व्यापारी पौडेलको श्रीमती दिपासंगै गौरीगञ्ज बजार ताकेता आएका वेला अपहरणपछि गत भदौ २६ गते हत्या गरिएको थियो ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय सद्याम हुसैनलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए । पक्राउ परेका २८ बर्षिय हुसेनले रिसीइवीका कारण आवेगमा आएर हत्या गरेको स्वीकारेका प्रनि पौडेलले बताए । पौडेलको हत्यामा संलग्न हुसेनलाई बुधबार जिल्ला प्रहरी कार्यालयले समेत सार्वजनिक गरेको थियो । हुसेनले पौडेललाई व्यवसाय लेनदेनका क्रममा बुझाउन रकम लिन बोलाएर हत्या गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *