Sajhamanch Archive

निषेधाज्ञाको समयमा होटल सञ्चालन गर्नेलाई २० हजार जरिवाना

Published: in विविधा, समाज by .

बिर्तामोड । कोरोना भाइर संक्रमण न्युनिकरणका लागि लगाइएको निषधाज्ञामा होटल सञ्चालन गर्नेलाई २० हजार जरिवाना तिराइएको छ ।

विर्तामाड ५ स्थित फुट स्टेप होटलले निषेधाज्ञाको समय होटल सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले उक्त जरिवाना तिराएको झापा प्रहरीले जनाएको छ ।

सोमबार राती होटल सञ्चालन गरिरहेको अवस्थामा होटल सञ्चालनक ३२ वर्षीय तिलहाङ लिम्बूलाई बिर्तामोड प्रहरीले पक्राउ गरि जिल्ला प्रशासन कार्यालय झापालाई बुझाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *