Sajhamanch Archive

बराहक्षेत्रमा बादरलाई गोली हान्दा नाती छर्राले लाग्याे, भरुवा बन्दुकसहित बाजे पक्राउ

Published: in विविधा, समाज by .

सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिकामा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाको १ नम्बर वडाका ६३ बर्षीय बरम बहादुर राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा ल्याइएको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो ।

खोजतलासकै क्रममा बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको कार्यालयले जनाएको छ।

पक्राउ परेका राईको घर कोठा भित्र प्रहरी टोली लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक समेत बरामद गरेको कार्यालयले जनाएको छ ।

राईलाई ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *