पाठामारीमा सुरक्षा गर्न नसक्दा ढल्यो ११२ नम्बर सीमा स्तम्भ
Published:
by .भद्रपुर । नेपाल भारत सिमाना अन्र्तगत झापाको कचनकवल ५ स्थित पाठामारीमा रहेको ११२ नम्वरको मूल सीमा स्तम्भ मेची नदीको कटानका कारण ढल्न पुगेको छ ।
केही वर्षयता निरन्तर मेची नदीले नेपालतिर धार परिवर्तन गरी निरन्तर कटान गरिरहेको भए पनि सिमाना छुट्याउने सो स्तम्भमा नेपाल तथा भारतीय सीमा सुरक्षा बलले चासो नदिँदा यस वर्षको बाडीले स्तम्भ मेची नदीमा ढलेको हो ।
स्थानीय पत्रकार घनश्याम अर्यालका अनुसार चारपाँच वर्षयता मेची नदीको बहाव पश्चिमतिर धकिलिँदै आए पनि नेपाल सरकारले सो स्तम्भ भएको क्षेत्रसम्म बाँध बान्न नसक्दा नदी कटानबाट केही दिन अगाडि ढल्न पुगेको हो ।
स्थानीय बासिन्दाका अनुसार निर्माणाधीन मेची पुल प्रवेश मार्गको नजिकमा रहेको सो स्तम्भ संरक्षणमा भारतीय पक्षले कुनै चासो राखेको थिएन भने नेपाल पक्षले पनि समयमै सुरक्षा गर्न नसकेपछि नदी कटानले ढल्ने अवस्था आएको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टुकरीको नियमित गस्ती टोली बस्ने ठाउँ नजिक भए पनि नदी कटानमा ध्यान नदिएर पिलर ढलेको समेत स्थानीयको आरोप छ ।
Comments