Sajhamanch Archive

अहिले साँझ विर्तामोडको थापा मार्केटमा आगलागी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

बिर्तामोड । झापाको बिर्तामोडमा शुक्रबार साँझ एक पसलमा आगलागी भएको छ । बिर्तामोडस्थित थापा मार्केटको दोस्रो तलामा रहेको ऋद्धिसिद्धि वेयर कलेक्सनमा आगलागी भएको हो ।

आगलागीबाट स्थानीय सूर्य अधिकारीको कपडा पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत सट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बिर्तामोड नगरपालिका र मेचीनगरपालिकाको बारुण यन्त्रद्वारा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *