Sajhamanch Archive

कांग्रेसको महाधिवेशन मंसिरमा हुने

Published: in राजनीति, विविधा by .

काठमाडौं । सत्तारुढ नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

केन्द्रीय कार्य समिति बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो । भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन असोज १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य विश्वकर्माले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *