एनएमसी सेवा केन्द्र दूधेद्वारा सदस्यलाई सहकारी शिक्षा
Published: (Updated: )
by .दूधे । नेपाल बहुदेश्यीय सहकरी संस्था सेवा केन्द्र दूधेले आफ्ना शेयर सदस्यहरुलाई सदस्य शिक्षा प्रदान गरेको छ । शिवसताक्षी ११ दूधेको शिव पाञ्चायन मन्दिरको हलमा सहकारीले सदस्य शिक्षा प्रदान गरेको हो ।
कार्यक्रममा सहकारीको स्थापनाकाल देखि विभिन्न चरण पार गर्दै हालसम्म आइपुग्दा सदस्यहरुलाई दिइएको सेवाका बारेमा चर्चा गरिएको थियो ।
सहकारीले विभिन्न शिर्षकमा प्रवाह गर्ने ऋण, बचत, युवा स्वरोजगार कार्यक्रम, कृषिमा लगानी गरी सदस्यहरुको आय आर्जनमा बृद्धि भई आत्म निर्भर भएको जानकारी गराइएको थियो । सदस्य बनेर कुन कुन शिर्षकमा कति ऋण लिन के कति प्रावधान अपनाउन पर्छ भन्ने कुराहरु सदस्यहरुलाई जानकारी दिइएको नेपाल बहुदेश्यीय सहकारी संस्था सेवाकेन्द्र दूधेका संयोजक दुर्गाप्रसाद भट्टराईले बताए ।
सदस्यहरुलाई बाल बचत गर्न प्रेरित गर्दै जन्मदेखि मृत्युसम्म एनमसीले खेल्दै आएको भूमिकाको बारे प्रष्ट पारिएको थियो ।
सदस्यहरुलाई एनएमसीले निर्माण गर्न लागेको ज्येष्ठ नागरिक भवन, नमुना कृषि परियोजना लगायतको बारेमा जानकारी गराईको हो ।
सदस्य शिक्षा कार्यक्रममा नेपाल बहुदेश्यीय सहकारी संस्था महिला विभाग प्रमुख भगवता घिमिरे (मैनाली)ले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा ७५ जना सदस्य सहभागी भएका थिए । संस्थाको सम्पूर्ण गतिविधीबारेमा सेवाकेन्द्र दूधेका कार्यालय प्रमुख कृष्णबहादुर अधिकारीले जानकारी गराएका थिए भने सञ्चालन अपरेसन इन्चार्ज सीता रिमालले गरेकी थिइन् ।
सदस्य गुरु पाठकले स्वागत गरेको कार्यक्रमको समापन इकाई नं. ४ का संयोजक प्रेम भण्डारीले गरेका थिए ।
Comments