Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा भक्तजनहरुलाई प्रसाद वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । श्रावण महिनाको अन्तिम सोमबार आज झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा प्रसाद वितरण गरिएको छ । सतासीधाम जेसीजले सताक्षीधाममा आउने भक्तजनहरुलाई प्रसाद वितरण गरेको हो ।

जेसीजले सोमबारको ब्रत बसी पुजा गर्न आउने ६ सय बढी भक्तजनलाई प्रसाद वितरण गरिएको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कमल सेन्चुरीले जानकारी दिए ।

भक्तजनहरुले कनकाई माईबाट अथवा सतासीधाम छाँगाबाट जल ल्याई सतासीधाममा शिवलिङ्गमा चढाउने गर्दछन् ।

श्रावण महिनामा हिन्दू नेपाली नारीहरुले भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो सतासीधाममा भिडभाड कम भएको सतासीधाम विकास समितिले जनाएको छ ।

साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने लगाउने धार्मिक प्रचलन रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *