Sajhamanch Archive

झापामा निषेधज्ञा खुकुलो, स्वास्थ्य मापदण्ड पुरा नगरे कडा कार्वाही गर्ने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

बिर्तामोड । झापामा भदौ १ गतेबाट निषेधाज्ञा खुकुलो हुने भएको छ ।

डीसीसीएमसीको आज सम्पन्न बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै व्यवसाय र यातायात खुल्ला गर्ने निर्णय गरेको छ । यता भेरै भीडभाड हुने खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने निर्णय गरिएको छ । पूर्ण स्वास्थ्य स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा लकडाउन खुकुलो बनाइएको हो ।

डीसीएमसीको बैठकले लकडाउन खुकुलो बनाए तापनि सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ ।

मास्क नलगाउने र बेलुका ६ बजेपछि पसल खोल्नेलाई कडा जरिवाना गर्ने प्रशासनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *