Sajhamanch Archive

धरानमा भदौ ४ गतेबाट पूर्ण लकडाउन

Published: in विविधा, स्थानीय तह by .

धरान । धरान उपमहानगरपालिकामा भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गरिने भएको छ । आज बिहान बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको धरान १५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी गराएका छन् ।

सोमबार उपमहानरपालिकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित सर्वदलीय सर्वपक्षीय बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको इवारमले बताएका छन् ।

उनले भने कार्यपालिका बैठक सकिएको छ, १० दिन पूर्ण लकडाउन हुने भयो । दूध र औषधिबाहेक सबै बन्द गर्ने निर्णय भएको छ । लकडाउन कडाइका साथ पालना गर्ने कुरा भएको छ ।

उनले सबै पक्षबाट लकडाउन गर्नुपर्छ भन्ने भनाइ आइरहेको र संक्रमणको दर पनि निकै उच्च रहेको भन्ने जानकारी आएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *