Sajhamanch Archive

कमलनगर जेसीजको छैटौं स्थापना दिवस, मृगौला पीडित भण्डारीलाई सहयोग

Published: in विविधा, समाज by .

कमलनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्दै विहीबारबाट छैटौ स्थापना दिवश मनाउन सुरु गरेको हो ।
सप्ताहप्यापी कार्यक्रम मनाउने क्रममा पहिलो दिन जेसीज सचिवालयमा औपचारिक रुपमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल जेसीजका वर्ष १७ का अध्यक्ष जेसी प्रकास अधिकारी, मात्रीशाखा दमक जेसीजका वर्ष २१ का अध्यक्ष जेसी सुयोग खरेल, कमलनगर जेसीजका सस्थापक अध्यक्ष जेसी रुपनारायण न्यौपाने, गौरादह जेसीज वर्षका २१ का अध्यक्ष एकराज घिमिरे लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी कमल गाउँपालिका वडा नम्वर २ का मृगौला पिडीत मानबहादुर भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथी समाजसेवी हुकुम सिह राई मार्फत १५ हजार रुपैया हस्तान्तरण गरिएको छ । उक्त रकम विरामीका बुवा गोविन्द बहादुर भण्डारी लाई हस्तान्तरण गरेको कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनालले जानकारी दिए ।

पीडित भण्डारी कमल गाउँपालिका २ स्थित ज्योती माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *